logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको अपमान गरेको छैन: पुष्पा भुसाल

    प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको अपमान गरेको छैन: पुष्पा भुसाल

    2.1K
    Shares
    प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको अपमान गरेको छैन: पुष्पा भुसाल

    काठमाडौं । नेपाली काँग्रेसकी सांसद पुष्पा भुसालले प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको अपमान नगरेको बताएकी छन् । आईतवार प्रतिनिधि सभा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद भुसालले प्रधानमन्त्री देउवाको समितिलाई अपमान र अवहेलना गर्ने मनशाय नरहेको स्पष्ट पारेकी हुन् ।

    उनले प्रधानमन्त्री देउवा एसपीपीको सम्बन्धमा उठेका विषयवस्तुहरुप्रति संवेदनशील रहेको बताइन् । सांसद भुसालले प्रधानमन्त्रीको अमेरिका भ्रमणको औपचारिक कार्यक्रम आइसकेपछि उनले संसद र समितिमा जानकारी गराउने पनि बताईन् ।

    उनले भनिन्– ‘आजको दिनसम्म औपचारिक भ्रमणको बारेमा कुनैपनि कार्यक्रमहरुको पत्राचारहरु भएको छैन । त्यसकारण औपचारिक भ्रमणको कार्यक्रम आइसकेपछि निश्चय नै समितिमा, सदनमा भ्रमणको बारेमा आफूले जानकारी गराउँछु भनेर प्रतिवद्धता उहाँले व्यक्त गरिसक्नुभएको छ । प्रधानमन्त्री ज्यूबाट यो समितिलाई अपमान गर्ने वा अवहेलना गर्ने कुनैपनि मनशाय पनि होइन । उद्देश्यपनि होइन । र हुनुपनि हुँदैन भन्ने हाम्रो मान्यता पनि रहेको थियो । त्यसलाई सभापतिज्यूले जुन समितिको अपमान भएको छ भन्ने कुरा भन्नुभएको छ कृपया त्यो मनशायबाट अभिव्यक्ति नहोस् । प्रधानमन्त्रीज्यू यो विषयवस्तुमा अत्यन्त संवेदनशील पनि हुनुहुन्छ ।’

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend