काठमाडौं । सांसद डा.डिला संग्रौला पन्तले सरकारले जग्गाको वर्गीकरण नगरी धितो राख्न नमिल्ने निर्णय पुनर्विचार गर्नुपर्ने बताएकी छिन् । आज बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै डा.संग्रौलाले सरकारले पुनर्विचार गर्नुपर्ने बताएकी हुन् ।
सरकारले जग्गाको वर्गीकरण नगरी धितो राख्न नमिल्ने व्यवस्था गरेपछि वैदेशिक अध्ययनमा जाने तयारीमा रहेका सयौँ विद्यार्थी मर्कामा परेको बताउँदै डा.पन्तले सरकारको उक्त निर्णयका कारण कतिपय अभिभावकले स्वीकृत गराई सकेको ऋण रकम पनि निकासा हुन नसकेको बताइन् ।
‘स्थानीय निकायले जग्गाको वर्गीकरण कहिलेसम्म गर्ने हुन् भन्ने केहि टुंगो छैन,’ डा.संग्रौलाले भनिन्, ‘सरकारलाई यो निर्णयबारे पुनर्विचार गर्न र देशैभरि विद्यार्थी र तिनका अभिभावकलाई परेको समस्यालाई तत्काल सम्बोधन गर्न अनुरोध गर्दछु ।’