logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • घातक रोग बीमा बापत ग्राहकलाई एनआईसी एशिया बैंकको ३० लाख भुक्तानी

    घातक रोग बीमा बापत ग्राहकलाई एनआईसी एशिया बैंकको ३० लाख भुक्तानी

    2.6K
    Shares

    काठमाडौं । एनआईसी एशिया बैंकले बचत खातामा उपलब्ध घातक रोगको बीमा वापत ३ जना ग्राहकलाई ३० लाख रुपैया बीमा रकम भुक्तानी गरेको छ । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता तथा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत खाता खोलेका ३ जना ग्राहकलाई घातक रोगको बीमा बापत प्रतिव्यक्ति १० लाखको दरले ३० लाख रुपैया बीमा रकम भुक्तानी गरेको हो ।

    बीमा लाभ प्राप्त गर्नेमा बैंकको इलामकी रेनु देवि चौधरी, काठमाडौं कुलेश्वर शाखाबाट बचत खाता खोलेका पुष्कर सापकोटा र सामाखुसी शाखामा खाता खोलेकी बिमला दाहाल परेको एनआईसी एशिया बै.कले जनाएको छ । उनीहरुलाई बैंकले नेपाल इन्स्योरेन्स तथा नेको इन्स्योरेन्ससँगको सहकार्यमा बीमा रकम भुक्तानी गरेको हो ।

    बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजना अन्तर्गत हालसम्म देशभरका १,०६० जना भन्दा बढी ग्राहकले घातक रोग बीमा वापत रू. २ करोड १० लाख, दुर्घटना बीमा वापत रू. ४० लाख र मेडिकल बीमा वापत रू. २ करोड ६१ लाख गरी कुल रू. ५ करोड ११ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन् ।

    बैंकले हाल सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म निःशुल्क रू. ८४ लाखसम्मका ३ बीमा
    (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू भएको सर्वश्रेष्ठ बचत खाता ग्राहक समक्ष ल्याएको छ ।

    बचत योजना अनुसार ग्राहकले प्राप्त गर्ने बीमा, कर्जा सम्बन्धी सुविधाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई–कमर्श नवीकरण, चेक क्लियरिङ, आरटिजिएस, आइपिएस÷सी आइपिएस÷फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटिएम सेवाहरू ग्राहकले मनोनित गरेका अन्य ३ व्यक्तिहरूका लागि समेत पाँच वर्षको लागि पूर्ण रुपमा निःशुल्क हुने व्यवस्था बैंकले गरेको बैंकका सुचना अधिकारी सुधिरनाथ पाण्डेयले जानकारी दिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend