logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • बाढीले दमकका १३ परिवार विस्थापित

    बाढीले दमकका १३ परिवार विस्थापित

    3K
    Shares
    बाढीले दमकका १३ परिवार विस्थापित

     

    झापा/रासस । लगातार वर्षाका कारण रतुवा खोलामा आएको बाढीले दमक–७ का १३ घरपरिवार विस्थापित भएका छन् । केही दिनयता रतुवा खोलामा आएको बाढीसँगै कटान तीव्र बनाएपछि दमक–७ रेडक्रस भवन नजिकैको बस्तीका १३ घरपरिवार विस्थापित भएका हुन् ।

    विस्थापित हुनेमा खड्ग लिम्बू, विष्णु लिम्बू, सुवास लिम्बू, रामकुमारी लावती, गोमा तामाङ, सूर्यमान आचार्य, विमल किस्कु, राजेश किस्कु, मनोज मास्के, भारती तामाङ, लाक्पा शेर्पा, डिकबहादुर गुरुङ र दीपक गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    कटान परेका परिवाराई गएराति नै नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए ।

    यसैगरी, आइतबार बिहान नै रतुवा खोलामा बाढी आउँदा गौरादह–६ स्थित टङ्गुवा बस्तीमा करिब २५ घर डुबानमा परेका छन् । डुबानमा परेको खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिएको र बस्तीमा दुई फिटजति पानी पसेको तर क्षति भने नभएको उपरीक्षक पाठकले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend