logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सरकारलाई भीम रावलको प्रश्न: एसपीपीमा सहभागि नहुने भनेर पत्राचार नगर्नुको कारण के हो ?

    सरकारलाई भीम रावलको प्रश्न: एसपीपीमा सहभागि नहुने भनेर पत्राचार नगर्नुको कारण के हो ?

    3.1K
    Shares
    सरकारलाई भीम रावलको प्रश्न: एसपीपीमा सहभागि नहुने भनेर पत्राचार नगर्नुको कारण के हो ?

     

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् सांसद भीम रावलले सरकारले अमेरिकालाई स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी)मा सहभागि नहुने भनेर पत्राचार नगरेको भन्दै आपत्ति जनाएका छन् । सोमबार नयाँबानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता रावलले सरकारले एसपीपीमा सहभागि नहुने भनेर हालसम्म अमेरिकालाई पत्राचार नगरेको भन्दै आपत्ति जनाएका हुन् ।

    उनले अमेरिकाले नेपालले सम्झौता रद्ध गर्न सक्ने भनेर भनेको भएपनि नेपाल सरकारले पत्राचार गर्न नसकेको बताए । नेता रावलले पत्र नपठाउनुको कारण के हो ? भनेर सरकारलाई प्रश्न समेत गरे । उनले प्रधानसेनापति, परराष्ट्रमन्त्री, गृहमन्त्री र गठबन्धन दलका नेताहरुले समेत एसपीपीमा नेपाल सहभागि नहुने बताइरहँदा पनि पत्र नपठाएकोप्रति आशंका व्यक्त गरे ।

    उनले भने– ‘अमेरिकी राजदूताबासले यदी नेपालले यो सदस्यता रद्ध गर्ने हो भने गर्न सक्छ भनेर भनिराखेको छ । सार्वजनिक रुपमा भन्यो । तर बालुवाटारमा बैठक बसेर गठबन्धनका नेताहरु सर्वदलिय बैठक बोलाउने भन्ने कुराहरु भन्छन् भन्नेकुरा समचार माध्यममा पढ्न पाइयो । साझेदारी कार्यक्रममा संलग्न हुने बेलामा सर्वदलीय बैठक चाहिएन । अनि यो नेपाल सैनिक अखडा हुन सक्दैन । यो हिन्द प्रशान्त रणनीतिको अंग हुन सक्दैन भनेर नेपाली जनताले व्यापक रुपमा आवाज उठाउँदाखेरी, संसदले आवाज उठाउँदाखेरी सरकारका मन्त्रीहरु हामी सैनिक गठबन्धन नजान प्रतिवद्ध छौँ । हामी संलग्न हुँदैनौ भन्ने । त्यो पत्र पठाउन के ले रोक्यो ? यदी उहाँहरु आफ्नो भनाईप्रति इमान्दार हुनुहुन्छ भने अमेरिकास्वयम्ले यदी नेपाल यसको सदस्य हुन चाहादैन भने रद्ध गर्न सक्छ भनिसकेपछि हामी हुन चाहादैनौ भनेर पत्र किन नपठाएको त ? कसले रोक्यो त ? प्रधानसेनापति हुनु हुदैन भन्ने । परराष्ट्र मन्त्री हामी हुँदैनौ भन्ने । गृहमन्त्री संसदमा हुँदैनौ भन्ने । गठबन्धनका नेताहरु यो त हुनु हुँदैन भन्ने । अनि पत्र रोक्ने हात समात्न आएको को रहेछ त ?’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend