logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सरकारले पेट्रोलियम पद्धार्थमा फेरी पनि मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गर्यो: प्रदीप ज्ञवाली

    सरकारले पेट्रोलियम पद्धार्थमा फेरी पनि मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गर्यो: प्रदीप ज्ञवाली

    2.3K
    Shares
    सरकारले पेट्रोलियम पद्धार्थमा फेरी पनि मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गर्यो: प्रदीप ज्ञवाली

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव एवम् सांसद प्रदीप ज्ञवालीले सरकारले पेट्रोलियम पद्धार्थमा फेरी पनि मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको बताए । सोमबार नयाँबानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकारले पेट्रोलियम पद्धार्थमा फेरी पनि मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको भन्दै आपत्ति जनाए ।

    उपमहासचिव ज्ञवालीले पेट्रोलियम पद्धार्थमा लाग्दै आएको केही कर हटाउन सके जनतालाई राहत हुने पनि बताए । उनले आयल निगमको संस्थागत सुधार गरेर पनि पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिने विकल्प समेत प्रस्तुत गरे ।

    उनले भने – ‘अर्थमन्त्रीले बजेट वक्तव्य पढ्दै गर्दा, यद्यपी उहाँले वक्तव्यमा लिखित रुपमा सम्मिलित गर्नुभएको थिएन । तर अन्तिममा उहाँले मौखिक रुपमा पेट्रोलियम पद्धार्थको मुल्य मैले समायोजन गर्छु, यसमा लगाइएको अतिरिक्त कर हटाउँछु भन्नुभएको थियो । संसदको स्पष्ट निर्देशन र सदन समक्ष अर्थमन्त्रीले बजेट वक्तव्य पेश गर्दा बोलेको कुरालाई समेत लत्याउँदै जुन ढंगको मुल्यवृद्धि भएको छ, यो जनताको ढाड सेक्ने कुरा त हुँदै हो । यो वास्तवमा संसदको पनि अपमान हो । त्यसैले हामीले त्यही गम्भिरताका साथ यो विषय उठाएका हौँ । कमसेकम एउटा कर हट्दा पनि थोरै भएपनि राहत हुन्छ । आयल निगमको समग्र संस्थागत सुधार गर्ने हो भने मुल्य घटाउन सकिन्छ । यो काम नगरीकन सिधै बाहिरबाट समायोजन भएर आयो, त्यसको सिधै मार जनतालाई दिने खालको कुरा छ । यदी हामीले गम्भिरतापूर्वक उठाएको विषयलाई सुनिएन । तदनुरुप सरकारले जवाफ दिएन । जवाफ चित्त बुझ्दो भएन र ठोस रुपले कदम चलिएन भनिदेखि हामी त्यो भन्दा अगाडी बढ्छौँ ।’

    उपमहासचिव ज्ञवालीले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ताको लागि आफूहरुले आवाज उठाएको भन्दै सरकारले गम्भिरतापूर्वक नलिए आन्दोलनमा जाने चेतावनी समेत दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend