logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • बालेन शाह सोसल मिडियाको परिचालन गरेर मेयर बन्न सफल हुनुभयो: आरजु देउवा

    बालेन शाह सोसल मिडियाको परिचालन गरेर मेयर बन्न सफल हुनुभयो: आरजु देउवा

    4.7K
    Shares
    बालेन शाह सोसल मिडियाको परिचालन गरेर मेयर बन्न सफल हुनुभयो: आरजु देउवा

    काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसकी नेतृ आरजु देउवाले बालेन्द्र साह सोसल मिडियाको प्रभावकारी परिचालन गरेर काठमाडौं महानगरपालिकाको मेयर बन्न सफल भएको टिप्पणी गरेकी छन् । नेपाल तरुण दलले सोमबार पोखरामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेतृ देउवाले रुटिन अफ नेपाल बन्द कन्सल्टेन्सी साहले कतिमा हायर गर्नु भयो ? भनि प्रश्न समेत गरिन् ।

    ठूलो फ्लोअर भएको रुटिन अफ नेपाल बन्दलाई परिचालन गरेर स्वतन्त्रतर्फका उम्मेदवार साह मेयर बन्न सफल भएको उनको भनाई थियो । नेतृ देउवाले पार्टी सिष्टममा नेताहरुले देश चलाउने स्पष्ट पारिन् । स्वतन्त्रको तर्फबाट उम्मेदवार बनेर जनप्रतिनिधि बन्ने संवैधानिक व्यवस्था आफ्नो पार्टीको पहलमा भएको उहाँले दावी समेत गरिन् । नेतृ देउवाले भनिन्, ‘उनले त्यहाँ कन्सल्टेन्सी कतिमा हायर गर्नु भयो ? रुटिन आफ नेपाल बन्दलाई । यत्रो ठूलो फ्लोअर भएको रुटिन अफ नेपाललाई उहाँले परिचालन गर्न सफल हुनु भयो । राजनीति हो–एभ्रिथिङ्क ईज फियर भन्छ । हाम्रो पार्टीले संविधान बनाउने बेलामा स्वतन्त्र व्यक्तिहरुलाई पनि उम्मेदवार बन्ने प्रावधान राख्ने व्यवस्था गरेकाले अहिले उनीहरुले मौका पाएका हुन । तर देशलाई जोगाउने हो भने, समृद्ध बनाउने हो भने राजनीति पार्टीहरुले नै गर्ने हो ।’

    नेतृ देउवाले नेता बन्नका लागि आफ्नो क्षमताको पहिचान गरेर आउनुपर्ने धारणा समेत राखिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend