काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विदेशमा रहेका नेपालीलाई पनि मताधिकारको व्यवस्था मिलाउन भन्दै निर्वाचन आयोग पुगेका छन् ।
महामन्त्रीद्वयले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर विदेशमा रहेका नेपालीले पनि मताधिकार प्रयोग गर्न पाउने व्यवस्था मिलाउन ध्यानाकर्षण गराएका हुन् ।
आयोगमा पुग्नुअधि उनीहरुले पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि यसबारे छलफल गरेका थिए ।