सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

जलवायु परिवर्तनको सबैभन्दा बढी असर महिलालाईः विज्ञहरु

जलवायु परिवर्तनको सबैभन्दा बढी असर महिलालाईः विज्ञहरु

 

काठमाडौं । प्रदेश सांसदहरुले नेपालमा जलवायु परिवर्तनको असर डरलाग्दो बन्दै गएको भन्दै सचेत हुनुपर्ने बेला आएको बताएका छन् । नेपालमा पछिल्लो समय जलवायुजन्य परिवर्तनका कारण मानवजीवनमा ठूलो असर परिरहेको भन्दै त्यसतर्फ तीन वटै सरकार सचेत भएर काम गर्ने बेला भएको बताएका हुन् ।

जलवायु परिवर्तनको असर सबैभन्दा धेरै महिलालाई पर्ने गरेको विज्ञहरुको भनाइ छ । जलवायु परिवर्तनका कारण खानेपानीको मुहान सुक्नुले पानी लिन टाढा धाउनुपर्ने बाध्यता छ । जसकारण घरको काम गर्ने महिलाहरुमा झनै बढी कामको चाप थपिएको छ । यसको प्रत्यक्ष असर हिमाली र पहाडी भेगका महिलाहरुमा परेको छ । कर्णाली प्रदेश सांसद एवं कर्णाली प्रदेशकी सामाजिक विकास समितिकी अध्यक्ष देवी ओलील्ले जलवायु परिवर्तनको असर मानवविकासमा समेत परिरहेको बताइृन् । उनले कर्णाली प्रदेशमा जलवायुका परिवर्तनका कारण भूक्षय, बाढीपहिरोको प्रकोप उच्च रहेको र विकासका पूर्वाधारहरु पनि पर्याप्त नभएको गुनासो गरिन् । अध्यक्ष ओलीले कर्णाली प्रदेशलाई हरेक हिसावमा विकास र सुसुचित पार्न गाह्रो रहेको बताईन् । उनले अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशको संस्कृति, स्थानीय भाषा, महिलाहरुको सामाजिक संरचना, कुरिति महिलाहरुप्रति सांस्कृतिक हिसावले पनि धेरै बन्देजहरु रहेको बताइन् । समिति अध्यक्ष ओलीले कर्णालीमा अझै महिलालाई नेतृत्वदायी भुमिकामा विश्वास गरिहाल्ने अवस्था नरहेको भन्दै महिलाले पाए सबै काम गर्दछन् भन्ने मासिकता परिवर्तन गर्न गाह्रो रहेको बताईन् । उनले महिलाहरु अनौपचारिक कार्यक्रममा धेरै उपस्थित हुन बन्देज रहनु अहिलेको वास्तविक समस्या रहेको बताइृन् ।

उनले भनिन्, ‘कर्णालीलाई अफ्ठ्यारो त पारेको छ । कर्णाली अहिले संघीयताको प्रणालीमा कस्तो छ भने हिजोको अञ्चल राप्तीका दुईवटा जिल्ला, भेरीका पनि दुईवटा जिल्ला र हिजोको कर्णाली तीनवटा अञ्चलका केही जिल्लाहरु र बाँकी कर्णाली सबै भनेर कर्णाली प्रदेश बनाइएको छ । रुकुम, दैलेखको एउटा कल्चर छ । राप्तीको र भेरीको पनि फरक छ । दैलेख र सुर्खेतमा परम्परागत कुरितिहरु व्याप्त पाइन्छन् । अन्तरजातीय विवाहको कुरालाई लिएर हत्या भयो, यस्ता कुराहरु हाम्रो प्रदेशमा छन् । हिमाली डोल्पा, हुम्लातिर जाने हो भने बहुपति प्रथा त्यहीँ छ । कतिपय महिलाहरुले त पुरुषहरुले दुई श्रीमती ल्याउन पाउने हामीले पनि दुईजना श्रीमान राख्न पाउनुपर्छ नि । हाम्रो अधिकार हो, भन्नेपनि कति महिलाहरु छन् । त्यो हाम्रो संस्कृतिलाई हेर्दा असहज र अफ्ठ्यारो हो । महिलालाई नेतृत्वमा विश्वास गरिहाल्ने अवस्था छैन । पितृ सत्तात्मक संरचनाबाट हुर्किएको मानसिकता परिवर्तन गर्न एकदम गाह्रो छ । नेतृत्वदायी भुमिका खेलिसकेको छ भने कुनै क्षेत्रमा पनि समस्या हुँदैनन् । तर हरेक क्षेत्रमा महिलालाई सबै कुराको जिम्मेवारी सम्पादन गर्न सजिलो छैन । हामी धेरैजसो इन्फरमलमा जोडिँदै जोडिँदैनौँ । किनभने धेरै काम भनेको इन्फरमल भेटघाटबाट नै रहेछ । तर हाम्रो ध्यान औपचारिक कार्यक्रमहरुमा धेरै हुन्छ । त्यसकारणले महिलाहरुको सामाजिक संरचना, कुरिति महिलाहरुप्रति सांस्कृतिक हिसावले पनि धेरै बन्देजहरु छन् हामी नेपालीहरुसँग । बालविवाह अथाह बढीरहेको छ भन्छौँ, एकातिर प्रकृतिले अहिले बालबच्चाहरु छिटो हुर्किने अवस्था हो कि ? जलवायु परिवर्तनले त्यस्तो बनाएको हो कि ? अर्कोतिर २० वर्ष नहुँदासम्म विवाह नगर्ने कानूनि व्यवस्था छ । यौन सम्पर्ककै कुरा गर्ने हो भने विवाहपछि मात्रैलाई हाम्रो संस्कृतिले मान्यता दिने हो । नैतिकताको कुरा पनि छ त्यहाँ । त्यसैले महिलालाई नेतृत्व गरेर जान सबैलाई गाह्रो छ ।’

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend