आइतबार, चैत्र २४ २०८१

आइतबार, चैत्र २४ २०८१

रवि लामिछानेलाई ‘कार्यकर्ता’ शब्दसँग पनि आपत्ति, भने- पार्टीमा सदस्य मात्रै हुनेछन्

रवि लामिछानेलाई ‘कार्यकर्ता’ शब्दसँग पनि आपत्ति, भने- पार्टीमा सदस्य मात्रै हुनेछन्

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीमा कार्यकर्ता नहुने बताए ।

उनला कार्यकर्ता शब्दसँग पनि आपत्ति जनाए । आफ्नो पार्टीमा कार्यकर्ता नभई सदस्य मात्रै हुने बताए । उनले कार्यकर्ता कोही नहुने भोट मात्रै हाले पुग्ने बताए । उनले पार्टीमा कुनैपनि भातृ संगठन नहुने पनि उल्लेख गरे ।

आलोचना गर्नका लागि बेला बेला बैठक र भेलाको आयोजना गरिने उनको भनाई थियो । यस्तै उद्योगी व्यवसायीसँग कहिल्यै पनि चन्दा नलिने उनले घोषणा गरेका छन् ।

सर्वसाधारण मानिसबाट थोरै रकम चन्दा लिएर मात्र पार्टी सञ्चालन गर्ने बताउँदै खर्च र आम्दानीको पारदर्शी रुपमा सार्वजनिक गर्ने बताए । उनले ठूला व्यवसायीले पार्टीलाई कहिल्यै पनि चन्दा दिन नपर्ने सुनाए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend