काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछाने दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् । श्रीमती निकिता पौडेललाई लिएर लामिछाने निर्वाचन आयोग पुगेका हुन् ।
उनले आजै राष्ट्रिय सभागृहबाट आफ्नो दल राष्ट्रिय स्वतन्त्र पार्टी को घोषणा गरेका थिए ।
रवि अहिले आयोगमा सोही पार्टी दर्ता गराउन पुगेका हुन् । निर्वाचन चिह्न घण्टी माग्ने तयारी उनले गरेका छन् ।