काठमाडौं । हरिशरण लामिछानेले भाइ रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’मा आजीवन संलग्न नहुने घोषणा गरेका छन् । रविले नयाँ पार्टीको घोषणा गरेपछि हरिशरणले सो पार्टीमा आफू आजीवन संलग्न नहुने घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन् ।
हरिशरणले लेखेका छन् ‘राजनैतिक रुपले त्यो पार्टी (‘राष्ट्रिय स्वतन्त्र पार्टी)मा म आजीवन रहने छैन ।’