logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • राज्यमन्त्री वली घटनाबारे छानबिन गर्न लुम्बिनी प्रदेशको छानबिन टोली दाङमा

    राज्यमन्त्री वली घटनाबारे छानबिन गर्न लुम्बिनी प्रदेशको छानबिन टोली दाङमा

    2K
    Shares

    बुटवल । आफ्ना प्रेमीको घरमाम पुगेर प्रेमीकी श्रीमती र छोरीलाई कुटपिट गर्ने लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीको घटना छानबिन हुने भएको छ । लुम्बिनी प्रदेश सरकारले गठन गरेको मन्त्रीस्तरीय छानबिन टोली घटनास्थल दाङ जादैछ ।

    लुम्बिनी प्रदेश सरकारले असार १ गते सरकारका प्रवक्ता एवं आन्तरिक मामिला मन्त्री तिलक राम शर्माको नेतृत्वमा बनाएको सत्य तथ्य छानबिन टोलीले भोलि तुलसीपुर उपमहानगरपालिका–५, बसपार्कस्थित एकराज बस्नेतको परिवारसँग घटनाको बारेमा बुझ्ने जनाइएको छ ।

    राज्यमन्त्री वलीले जेठ ३१ गते बिहान आफ्नो सुरक्षा गार्डसहित बस्नेतको घरमा पुगेर उनकी पत्नी तथा छोरीमाथि दुर्व्यवहार तथा कुटपिट गरेको आरोप छ ।

    छानबिन टोलीका संयोजक शर्माले एक चरण राज्यमन्त्री विमलासँग बुझ्ने काम भएको र घटनामा अर्को पक्ष अर्थात् बस्नेत परिवारसँग बुझ्न भोलि बुधबार दाङ जाने तयारी गरेको बताए ।

    सरकारी छानबिन टोलीका सदस्यमा लुम्बिनी प्रदेशकी महिला बालबालिका मन्त्री रमा घर्ती र प्रदेशका महान्यायाधिवक्ता श्रीकृष्ण सुवेदी छन् । छानबिनका लागि कार्यदललाई १५ दिनको समय दिइएको छ ।

    मन्त्री शर्माले राज्यमन्त्री विमलासँग घटनाबारे बुझिसकेको र बस्नेत पक्षका कुरा बुझेपछि घटनाका केही थप विषय बुझेर प्रतिवेदन लेखनतिर लाग्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend