logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • मन्त्रि हेरफेर गर्ने एकीकृत समाजवादीको निर्णय चाँडै कार्यान्वयन हुन्छ: जिवनराम श्रेष्ठ

    मन्त्रि हेरफेर गर्ने एकीकृत समाजवादीको निर्णय चाँडै कार्यान्वयन हुन्छ: जिवनराम श्रेष्ठ

    2.7K
    Shares
    मन्त्रि हेरफेर गर्ने एकीकृत समाजवादीको निर्णय चाँडै कार्यान्वयन हुन्छ: जिवनराम श्रेष्ठ

    काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का सांसद जिवनराम श्रेष्ठले चाँडै मन्त्रिपरिषद् हेरफेर हुने बताएका छन् । मंगलबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ उनले नेकपा(एकीकृत समाजवादी)को निर्णय अनुसार केहीदिन भित्रमै मन्त्रिपरिषद् हेरफेर हुने बताए ।

    उनले मन्त्रि परिवर्तन गर्नका लागि आ–आफ्नो दलहरु स्वतन्त्र रहेपनि गठबन्धन भित्रपनि समझदारी बन्नुपर्ने बताए । उनले मन्त्रि हेरफेर गर्ने आफ्नो पार्टीको निर्णय कार्यान्वयन हुने बताए ।

    उनले भने, ‘जुन खालको हाम्रो संसदीय प्रणाली छ । त्यो भन्दा यताउता हुने कुरा हुँदै हुदैन । दुई, चार दिन ढिला, चाँडो हुने कुरा एउटा हुनसक्छ । गठबन्धन भित्र कतिपय कुराहरुलाई एउटा समझदारी बनाउनुपर्ने पनि हुनसक्छन् । गठबन्धनमा रहेका दलहरु सबै स्वतन्त्र छन् । दलहरुले आफ्नो निर्णय गर्ने हो । त्यही अनुसार गठबन्धनको नेतृत्वले कार्यान्वयन गर्ने हो । त्यही अनुसार नै हुन्छ । त्यसमा कुनै दुविधा मान्नुपर्ने मैले देखेको छैन । चाडै नै हाम्रो पार्टीले गरेको निर्णय अनुसार नै प्रक्रिया अगाडी बढ्छ र हेरफेर हुन्छ । मलाई हाम्रो पार्टीको अध्यक्षले के जानकारी गराउनु भएको छ भने अब एक, दुई दिन भित्रमै हुन्छ भनेर जानकारी गराउनु भएको छ ।’

    सांसद श्रेष्ठले पार्टी अध्यक्ष माधवकुमार नेपालले एक, दुई दिन भित्रमा मन्त्रिपरिषद् हेरफेर हुने जानकारी आफुलाई गराएको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend