logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पाकिस्तानको पञ्जाबमा बलात्कारका घटना बढेपछि आपतकाल घोषणा

    पाकिस्तानको पञ्जाबमा बलात्कारका घटना बढेपछि आपतकाल घोषणा

    3.4K
    Shares

    काठमाडौं । पाकिस्तानको पंजाव शहरमा बलात्कारका घटना बढ्दै गएपछी सरकारले आपतकाल घोषणा गरेको छ । पत्रकार सम्मेलन गर्दै पञ्जाबका गृहमन्त्री अत्ता तरारले यस्ता घटनामा वृद्धि हुनु समाज र सरकारी अधिकारीका लागि गम्भीर समस्या भएको बताए ।

    ‘पञ्जाबमा दैनिक चारदेखि पाँचवटा बलात्कारका घटनाहरू रिपोर्ट भइरहेका छन् । जसका कारण सरकारले यौन उत्पीडन, दुर्व्यवहार र जबरजस्तीका घटनाहरू समाधान गर्न विशेष उपायहरू विचार गरिरहेको छ,’ उनले भने ।

    बलात्कारको बढ्दो घटनासँग प्रभावकारी ढंगबाट जुध्न यस्तो कदम उठाउनुपरेको पंजाब सरकारको भनाइ छ । पञ्जाव सरकारले हाल बालबालिकालाई एक्लै नछोड्न समेत अभिभावकलाई अपिल गरेको छ ।

    बलात्कार मामिला तथा कानुनको व्यवस्थाको बारे मन्त्रिपरिषद्ले समीक्षा गर्ने पनि गृहमन्त्री तरारले बताए । उनका अनुसार यस विषयमा नागरिक समाज, महिला अधिकार संगठन, शिक्षक र वकिलसँग पनि परामर्श लिइनेछ ।

    यस्तै सरकारले ‘एन्टी रेप’ अभियान समेत सञ्चालनमा ल्याउने भएको छ । केही समयअघिमात्र पाकिस्तानमा गुडिरहेको रेलमा एक महिलाको सामूहिक बलात्कार भएको थियो ।

    पाकिस्तानमा ‘अनर किलिङ’ र बलात्कारको घटना बढ्दै गएको छ । क्यानडाको थमसन रोयटर्स फाउण्सनको अध्ययन अनुसार सन् २०२१ मा पाकिस्तानमा १ हजारभन्दा बढी महिलाको ‘अनर किलिङ’ भएको छ ।

    यो अवधिमा कट्टरपन्थी समूहले धेरै महिलालाई सामूहिक बलात्कार समेत गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend