काठमाडौं । नेपाली कांग्रेसकि सांसद डिला संग्रौलाले बलात्कारको घटनामा उजुरी दिन सकिने विद्यमान कानूनी व्यवस्थाको समयसिमा अर्पयाप्त रहेको बताइन् । बलात्कारको घटना मानवताविरोधी, हिंस्रक र जघन्य अपराध भएकाले यस्तो घटनालाई सिमाको घेराभित्र राख्नु नहुने उनको भनाई छ ।
उनले यौन हिंसाको सुनुवाई गर्ने द्रुत न्याय प्रणाली हुनुपर्ने बताइन् । उनले भनिन् – ‘जर्बजस्ती करणी सम्बन्धी अपराध मानवताविरोधी अपराध, हिंस्रक र जघन्य अपराध हो । यस्तो घटनालाई सिमाको घेराभित्र राखेर उजुरी गर्न जाउँ भन्दा पीडित जान सक्दैन र पीडकले सयौँ घटना घटाउने गरेको छ । यौन हिंसाको सुनुवाईका लागि द्रुत न्याय प्रणाली हुनुपर्छ ।’