बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

पोखराको नीति तथा कार्यक्रममा पर्यटनलाई प्राथमिकता (पूर्णपाठ)

पोखराको नीति तथा कार्यक्रममा पर्यटनलाई प्राथमिकता (पूर्णपाठ)

पोखरा । नयाँ आर्थीक वर्षका लागि पोखरा महानगरपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

महानगरका प्रमुख धनराज आचार्यले बुधबार नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । जारी कार्यक्रम अनुसार महानगरको पर्यटनलाई प्राथमिकतामा राखेको छ ।

‘पर्यटकीय गतिविधिमा वृद्धि, पोखरा सहरको समृद्धि’ अवधारणाका साथ पोखराको पर्यटन पूर्वाधार, प्राकृतिक सम्पदाहरू संरक्षण, मुख्य सहर तथा ताल तलैयाको सौन्दर्यकरण, सरसफाइ, सहरी सुरक्षा र आतिथ्यता जस्ता क्षेत्रमा नेपाल सरकार, प्रदेश सरकारसँगको समन्वयमा लगानी केन्द्रित गर्ने नीति लिइने उल्लेख छ ।

यस्तै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न संघीय सरकारसँग माग गरिसकिएको अवस्थामा पर्यटकको बसाई लम्ब्याउन सकिने गरी व्यवसाय प्रवर्द्धन गरिने जनाइएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend