सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

अफगानिस्तानमा भूकम्प: मर्नेको संख्या एक हजार पुग्यो

अफगानिस्तानमा भूकम्प: मर्नेको संख्या एक हजार पुग्यो

 

काबुल । अफगानिस्तानमा आएको शक्तिशाली भूकम्पमा परेर मर्नेको संख्या एक हजार पुगेको छ । अन्य सयौँ घाइते भएको तालिबान सरकारले जनाएको छ । भूकम्पका कारण पूर्वी पाक्तीका प्रान्तमा पहिरो आइरहेको छ ।

भूकम्पले माटोका घरहरू ध्वस्त भएका छन् । उद्धारकर्ताहरूले घाइतेहरूलाई आपतकालीन उपचार गरिरहेका तस्बिरहरू बाहिरिएका छन् ।

मृतकको संख्या अझै बढ्ने बताइएको छ । ६ दशमलव १ रिक्टर स्केलको यस भूकम्पको धक्का पाकिस्तान र भारतमा समेत महसुस गरिएको थियो ।

दुई दशकपछि अफगानिस्तानमा आएको यो सबैभन्दा भयावह भूकम्प हो । दक्षिणपूर्वी खोस्ट सहरदेखि करिब ४४ किलोमिटर टाढा यसको केन्द्रविन्दु रहेको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend