काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले इम्बोस्ड नम्बर प्लेट बनाउनका लागि सरकारको पैसा खर्च नहुने बताएका छन् । उनले सम्झौता अनुरुप २५ लाख सवारी साधनमा प्रतिसाधन २ हजार पाँच सय रुपैयाँदेखि ३ हजार छ सय रुपैयाँसम्ममा इम्बोस्ड नम्बर प्लेट बनाइने बताए ।
सो वापत् करिक ७ अर्ब ३९ करोड रुपैयाँ पैसा उठेपनि कम्पनीले करिब ४ अर्ब ६८ करोड रुपैयाँ लिने र करिव २ अर्ब ४० करोड रुपैयाँ सरकारको राजश्व उठ्ने जानकारी दिए ।
महानिर्देशक घिमिरेले विश्वमा ९५ प्रतिशत मुलुकमा इम्बोस्ड नम्बरप्लेट जडान भइसकेको बताए । उनले दक्षिण एशियामा नेपालमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान नभएको उल्लेख गर्दै इम्बोस्ड नम्बर प्लेट जडान गर्नु आवश्यक रहेको बताए ।