बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

आउँदो निर्वाचन हाम्रा लागि जीवन मरणको लडाईं हो: अध्यक्ष प्रचण्ड

आउँदो निर्वाचन हाम्रा लागि जीवन मरणको लडाईं हो: अध्यक्ष प्रचण्ड

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पार्टीका लागि जीवन मरणको लडाईं भएको बताएका छन् । आज (बिहीबार) ललितपुरका जनप्रतिनिधिलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

“जनयुद्धका बेलामा कीर्तिमान कायम गर्ने गरी लागेका थियौँ । यो निर्वाचन माओवादीका लागि जीवन मरणकै लडाईं हो । यो संविधान बच्छ कि बच्दैन, उत्पीडितले पाएको अधिकार बच्छ कि भन्ने छ,” उनले भने ।

प्रचण्डले निर्वाचनमा आफैँ जित्ने गरी बलियोसँग लाग्न निर्देशन दिए । “आफ्नो बलियो तयारीमा ध्यान दिनुस् । आफ्नै संगठन सुदृढ गर्न लाग्नुस् । सदस्यता बढीभन्दा बढी बढाउनुस्,” उनले भने ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend