काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सांसद् समिना हुसेनले मंहगीले जनताको ढाड सेकिएको बताएकी छन् । उनले मंहगीले जनताको ढाड सेकिएको मात्रै नभइ, ढाड नै भाँचिएको बताएकी हुन् । बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
‘पेट्रोलियम पदार्थको मूल्य छिटोभन्दा छिटो कम गर्दै जनजीवन सहज बनाउन सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउँछु,’ उनले भनिन् ।
हुसेनले श्रमिक र निम्न आय भएका वर्गहरूको चुल्हो नबल्ने स्थितिलाई ध्यानमा राख्न माग गरिन् ।