काठमाडौं । सांसद विमला विश्वकर्माले यौन हिंसाका पीडितलाई क्षतिपूर्ति र परिपूरण सरकारले जरीबाना बापत् उठाएको कालो धनबाट दिने व्यवस्था कानूनमा बनाउनुपर्ने बताइन् । उनले राज्यले सुन लगायत बहुमूल्य सामग्री बरामद गरेकोबाट उठेको रकम राज्यले यौन हिंसा पीडितको परिपूरणका लागि कोष खोलेर राख्ने र पीडितहरूका लागि प्रयोग गर्न सकिने बताइन् ।
उनले भनिन्,‘ पीडितहरुलाई राज्य कोषबाट राहत दिनेभन्दा राज्य कोषमा कहाँबाट पैसा ल्याउने भन्दा राज्यमा कालो धन जफत गर्ने गर्छ । त्यस्ता कालाधनहरुलाई पीडितको लागि राज्य कोषमा राखिने गरी कानून बनाएर जाँदा के हुन्छ । कालो भनेर प्रमाणित भएका धनलाई पीडितहरुको पक्षमा राखौं । राज्यमा कयौं सामानहरु लिलामी हुन्छ त्यो समान पीडित कोषमा राख्दिऔँ । त्यसो गर्दा देशकै जनता पीडितहरुले पाए ।’
सांसद विश्वकर्माले लिलामी गरेको कालो धन यौन हिंसा पीडितको लागि छुट्याउँदा राज्यकै नागरिक पीडितले नै पाउने जिकिर गरिन् ।