काठमाडौं । नेकपा एमाले निकट युवा संघले पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । युवा संघले पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध आज काठमाडौंमा राँके जुलुस निकालेको हो ।
यस्तै युवा संघले सरकारी गाडीमा समेत तोडफोड गरेको छ । नेपाल आयल निगमले केही दिन अगाडि प्रति लिटर पेट्रोलमा २१ रुपैयाँ मूल्य र डिजेलमा प्रति लिटर २७ रुपैयाँ बढाएको थियो।