logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • उच्च शिक्षामा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह

    उच्च शिक्षामा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह

    2K
    Shares
    उच्च शिक्षामा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह

     

    काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले उच्च शिक्षामा लगानी बढाउन निजी क्षेत्रलाई आह्वान गरेका छन् । नेपाल उच्च शिक्षाको ठूलो हब हुन सक्ने उल्लेख गर्दै राज्यमन्त्री श्रेष्ठले त्यसमा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गरेका हुन् ।

    शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘कान्तिपुर हिसान एडुफेयर’को उद्घाटन गर्दै उनले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सेवामूलक व्यवसाय ठानेर अघि बढन पनि निजी क्षेत्रलाई सचेत गराए । नेपालमा थप २५ वटा युनिभर्सिटी आवश्यक रहेको भन्दै राज्यमन्त्री श्रेष्ठले त्यसमा निजी क्षेत्रले लगानी गर्दा राम्रो हुने बताए । त्यसका लागि सरकारले पूर्वाधारलगायतका आवश्यक व्यवस्था मिलाउने तर लगानी भने निजी क्षेत्रले गर्दा हुने उनले बताए ।

    राज्यमन्त्री श्रेष्ठले शिक्षा क्षेत्रबाट नेपालमा ठूलो इकोनोमिक एक्टिभिटी हुने भएकाले यसमा लगानी गर्नेहरुको भविष्य राम्रो रहेको पनि दोहो¥याए । उनले भने, ‘नेपाल पनि हाईएयर एजुकेशनको एउटा हब हुन सक्छ । हाईएयर एजुकेशनमा इन्भेष्ट गरेर एउटा ठूलो इकोनोमिक एक्टिभीटी गर्न सकिन्छ भन्ने त्यो चीजमा सबै लागौं । यसमा सरकारले सकेन भने प्राईभेट सेक्टरका साथीहरुले आएर युनिभर्सिटी बनाउनु प¥यो । हाम्रो मुलुकलाई ११ वटा युनिभर्सिटीले पुग्नेवाला छैन । अर्को २५ वटा युनिभर्सिटी चाहिन्छ भने बरु सरकारले एउटा आधारमा कस्तो युनिभर्सिटी हुने, त्यसका पूर्वाधारहरु के चाहिन्छ ? कस्तो किसिमको संस्थाहरुलाई हामीले युनिभर्सिटी दिने हो ? यी सबै चिजहरु भएर गयो भने एजुकेशनमा पनि फ्यूचर छ । लगानी गर्ने साथीहरुले शिक्षा र स्वास्थ्यलाई पूरा व्यापार मात्रै नठानेर सेवामूलक व्यवसाय गर्छ भनेर लाग्नुस् । लगानी गर्नुहोस् । यसमा फ्युचर छ ।’

    राज्यमन्त्री श्रेष्ठले ठूलो लगानी शिक्षा आर्जनका लागि विदेशिन नदिन सरकारले नेपाललाई एजुकेशन हब बनाउने नीतिगत, कानुनी र संरचनागत व्यवस्था गर्न लागेको पनि बताए । ४ दिनसम्म चल्ने सो फेयरमा उच्च शिक्षा हासिल गर्नका लागि आवश्यक सन्दर्भ सामग्रीबारे एकै थलोमा बसेर जानकारी पाउने व्यवस्था मिलाइएको बताइएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend