logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • शिक्षामा गरेको लगानीलाई मुलुकको विकासमा जोड्नुपर्छ: शिक्षामन्त्री पौडेल

    शिक्षामा गरेको लगानीलाई मुलुकको विकासमा जोड्नुपर्छ: शिक्षामन्त्री पौडेल

    2.8K
    Shares
    शिक्षामा गरेको लगानीलाई मुलुकको विकासमा जोड्नुपर्छ: शिक्षामन्त्री पौडेल

    काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति देवेन्द्र पौडेलले सरकारले शिक्षामा गरेको लगानीलाई मुलुकको विकासमा जोड्नुपर्ने बताएका छन् । विश्वविद्यालयबाट उत्पादित जनशक्ति देश विकासमा जोडिने वातावरण निर्माण हुन आवश्यक रहेको उल्लेख गर्दै उनले शिक्षा मन्त्रालयमार्फत सरकारले शिक्षातर्फको बजेट बढाउँदै लगेको सन्दर्भमा त्यसको उपलब्धि विश्वविद्यालयमार्फत प्रतिविम्बित हुन आवश्यक रहेकामा जोड दिए ।

    लुम्बिनीमा आज आयोजित लुम्बिनी बौद्ध विश्वविद्यालयको द्वितीय दीक्षान्त समारोहमा उहाँले बौद्ध शिक्षालाई आधुनिक शिक्षासँग जोड्दै नैतिकवान् जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए । लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यार्थी स्वदेश तथा विदेशको प्रतिस्पर्धात्मक श्रम बजारमा सहजै खपत हुनसक्ने जनाउँदै मन्त्री पौडेलले ै नेपालमा उपलब्ध स्रोत र साधनको प्रयोग गरी आर्थिकरूपमा आत्मनिर्भर बन्न र राष्ट्रिय अर्थतन्त्रमा योगदान पुयाउन सक्षम हुनुपर्ने आवश्यकता टड्कारो देखिएको उल्लेख गरे ।

    “त्यसका लागि शैक्षिक गुणस्तरीयतामा विश्वविद्यालयले सम्झौता गर्नुहुँदैन, विकृति, विसङ्गति, अन्याय, अत्याचाररहित समाज निर्माणका लागि नैतिक शिक्षा अपरिहार्य छ”, उनले भने। बौद्ध शिक्षालाई आधुनिक शिक्षासँग जोड्दै नैतिकवान जनशक्ति उत्पादनमा जोड दिनुपर्ने र यसका लागि विद्यालय, महाविद्यालयमा बौद्ध शिक्षा अध्यापन गराउन आवश्यक रहेको उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend