logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • आमाको नाममा नागरिकता दिन कन्जुस्याँई गर्नु हुँदैन: सांसद आलेमगर

    आमाको नाममा नागरिकता दिन कन्जुस्याँई गर्नु हुँदैन: सांसद आलेमगर

    2.4K
    Shares
    आमाको नाममा नागरिकता दिन कन्जुस्याँई गर्नु हुँदैन: सांसद आलेमगर

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले आमाको नाममा नागरिकता दिन कन्जुस्याँई गर्नु नहुने बताएका छन् । शुक्रवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद मगरले कुनैपनि नागरिकलाई राज्यबिहीन र नागरिकताबिहीन बनाउन नमिल्ने भन्दै आमाको नाममा नागरिकता दिन कन्जुस्याँई गर्नु नहुने बताएका हुन् ।

    उनले पुरुषवादी र पितृसत्तावादी समाज रहेको उल्लेख गर्दै पुरुषवादी चिन्तनकाबिरुद्ध लड्नुपर्ने आवश्यकता रहेको बताए । उनले चालु संसद अधिवेशनमा नै नागरिकता विधेयक ल्याएर नागरिकताको समस्या समाधान गर्नुपर्नेमा जोड दिए । उनले भने– ‘नागरिकताको समस्या समाधान गरियोस् । विधेयकलाई सदनमा यसैपटक ल्याएर यसलाई पास गरियोस् र सहमतिका आधारमा अगाडी बढाइयोस् । किनभने नागरिकता भन्नेकुरा धेरै संवेदनशील र गम्भिर कुरा हुन्छ । महत्वपूर्ण कुरा हुन्छ । कुनैपनि नागरिक राज्यबिहीन, नागरिकताबिहीन रहन सक्दैन । धेरै समस्या उसले झेल्नुपर्ने हुन्छ । यो नागरिकता विधेयक ल्याइयोस् । आमाको नाममा नागरिकता दिने कुरा म पनि जोडदार रुपमा समर्थन गर्न चाहन्छु । यो समाज पुरुषप्रधान समाज हो । पुरुषवादी, पितृसत्तावादी समाज हो । त्यसकारणले उसले बुबाको नाममा नागरिकता दिन कुनै कन्जुस्याँई हुँदैन तर आमाको नाममा नागरिकता दिन उसले कन्जुस्याँई गर्छ । त्यसकारणले यो पुरुषवादी चिन्तनका बिरुद्ध तपाईहरु लड्नुस् म पनि तपाईहरुको साथमा छु भन्ने कुरा राख्न चाहन्छु ।’

    उनले महंगिले जनताको ढाड सेकेको भन्दै जनताले कुनै राहत नपाएकोतर्फ सरकारको ध्यानाकर्षण गराए । सांसद मगरले मनाङ जिल्लालाई गत वर्षको बाढीले तहसनहस बनाएकोमा हालसम्म पनि त्यहाँको स्थिति भयावह रहेकाले आवागमन सहज बनाउन सरकारसँग माग गरे । त्यस्तै तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ र वडा नम्बर ४ मा बाढी पहिरोले क्षति पु¥याएको र जनजीवन प्रभावित भएकोतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले तनहुँको भानु नगरपालिका वडा नं. ६ स्थित चुँदिबरा कुलोको बाँध, कुलो र खेतसहित बगाएकोले सरकारलाई आवश्यक कदम चाल्न आग्रह पनि गरे ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend