काठमाडौं । देशका ४६० मध्य ४३५ गाउँपालिकाले नीति तथा कार्यक्रम ल्याएका छन् ।
जस अनुसार ९५ प्रतिशत गाउँपालिकाले तोकिएकै समयमा बजेट ल्याएका हुन् ।
गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अनुसार १९ वटा गाउँपालिकाले बजेट पेस गरेका छैनन् भने ६ वटा गाउँपालिका महासंघको सम्पर्कमै छैनन् ।
बजेट पेस नगर्नेमा मधेश प्रदेशका १२, लुम्बिनिका ३, बागमतीका २ र कर्णाली र सुदूरपश्चिमका २ वटा गाउँपालिका रहेका छन् । प्रदेश १, कर्णाली र सुदूरपश्चिमका २ २ वटा गाउँपालिका भने सम्पर्कमै नआएको महासंघले जनाएको छ ।
असारको १० गतेभित्र बजेट पेस गरिसक्नु पर्ने संवैधानिक र संघीय कानुनमा व्यवस्था छ । बजेट नल्याएका गाउँपालिकाले पनि केही दिनमै सभा गरी बजेट ल्याउने महासंघले जनाएको छ ।