logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नागरिकता सम्बन्धी विधेयकलाई तत्काल पारित गर्नुपर्छ: प्रमोद साह

    नागरिकता सम्बन्धी विधेयकलाई तत्काल पारित गर्नुपर्छ: प्रमोद साह

    2.1K
    Shares
    नागरिकता सम्बन्धी विधेयकलाई तत्काल पारित गर्नुपर्छ: प्रमोद साह

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सांसद प्रमोद साहले नागरिकता सम्बन्धी विधेयकलाई तत्काल पारित गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको आईतवारको बैठकमा विशेष समयमा बोल्दै सांसद साहले नागरिकता सम्बन्धी विधेयकलाई चालु अधिवेशनबाट नै पारित गर्नुपर्नेमा जोड दिएका हुन् ।

    उनले संसदमा पहिले पेस भएको नागरिकता सम्बन्धी विधेयक पारित हुने अवस्था नरहेको भन्दै सरकारले यसलाई फिर्ता गरी अर्को विधेयक ल्याएर पारित गर्नुपर्ने बताए । उनले अविलम्ब कानून बनाएर नागरिकता दिनुपर्ने बताए । सांसद साहले नागरिकता विधेयक पारित गर्ने सन्दर्भमा राज्य र सांसदहरु गैरजिम्मेवार भएको बताए ।

    उनले भने– ‘अहिले पेस भएको विधेयकमाथि यदी हामीले अहिले पनि छलफल गर्ने अवस्था भयो भने त्यो कुनैपनि हालतमा नागरिकता विधेयक पास हुने अवस्था छैन । त्यसले गर्दा यो विधेयकलाई अहिले मैले के सुनेको छु भने यो पेस भएको विधेयकलाई सरकारले फिर्ता लिएर नयाँ विधेयक फेरि जारी गरेर नागरिकता दिनेकुरा सुनेको छु । यदी यस्तो अवस्था छ भने तुरुन्तै काम गर्नुपर्ने अवस्था छ । नागरिकता विधेयकलाई हामीले कतिञ्जेल अल्झाएर राख्ने ?’

    उनले लाल आयोगको प्रतिवेदन पनि छिटोभन्दा छिटो सार्वजनिक गर्न माग गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend