काठमाडौं । प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलले विपद् व्यवस्थापनका लागि पूर्व तयारी, उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले सांसदहरुलाई पनि विपद् अनुगमनका काममा प्रत्यक्ष सहभागी हुन आग्रह गरे । उनले नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक रुपमा हुने पहिरोको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न सरकारसँग माग गरे ।