काठमाडौं । प्रतिनिधि सभा सदस्य गंगा चौधरी सत्गौवाले बलात्कारमा संलग्न राजनीतिक पहुँचवाला व्यक्ति जोडिएको मुद्दा कमजोर बनाउन महान्यायाधिवक्ता र उनको सचिवालय सक्रिय भएको बताएकी छन् ।
मुद्दा कमजोर बनाउन नमान्ने सरकारी वकिल संगीता थोकरलाई सरुवा गरिएको उल्लेख गर्दै उनले सरुवा बदर गर्न माग गरिन् । उनले महान्यायाधिवक्ता बलात्कारको अभियुक्तलाई जोगाउन लागेको भन्दै महान्यायाधिवक्ताको राजीनामा माग गरिन्् ।