सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

अस्पतालका कर्मचारी मृत फेला

अस्पतालका कर्मचारी मृत फेला

झापा । झापाको बिर्तामोड नगरपालिकास्थित पूर्णटङग विर्तासिटी अस्पतालका कर्मचारी मृत फेला परेका छन् । अस्पताल परिसरमै रहेको कर्मचारी निवासमा आज बिहान अस्पतालका कर्मचारी ५१ वर्षीय डिल्लीराम बाँस्कोटा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरु तिम्सिनाले जानकारी दिए ।

गौरादह–३ का बाँस्कोटा कार्यालय समयमा नउठेपछि गएर हेर्दा मृत फेला परेको पाइएको प्रहरीले जनाएको छ । “शरीरमा कुनै चोटपटक छैन”, प्रहरी निरीक्षक तिम्सिनाले भने, “घटनका सम्बन्धमा अनुसन्धान भइरहेको छ ।”

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend