बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

युक्रेनको ‘सपिङ सेन्टर’ मा भएको मिसाइल आक्रमणमा १८ को मृत्यु

युक्रेनको ‘सपिङ सेन्टर’ मा भएको मिसाइल आक्रमणमा १८ को मृत्यु

एजेन्सी । रुसले युक्रेनको क्रेमेनचुकमा रहेको ‘सपिङ सेन्टर’ मा गरेको मिसाइल आक्रमणमा परी कम्तिमा १८ जनाको मृत्यु भएको छ । अधिकारीहरुलाई उदृत गर्दै अलजजिराले जनाए अनुसार थप ५९ जना घाइते भएका छन् । गम्भिर घाइते २५ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको बताइएको छ ।

युक्रेनको पोल्टाभा क्षेत्रका सैन्य अधिकारी डिमित्रो लुनिनले उद्दार कार्य जारी रहेको बताएको सीएनएनले जनाएको छ । युक्रेनी अधिकारीहरुका अनुसार रुसी केएच(२२ मिसाइल आक्रमण हुँदा ‘सपिङ सेन्टर’ मा सयौ मानिसहरु रहेका थिए ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमण आतंकवादी आक्रमण भएको तथा युरोपको इतिहासकै सबै भन्दा ठूलो आतंकवादी आक्रमण रहेको समेत बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend