logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • १३ वर्षीया बालिका करणी आरोपमा ६२ वर्षीय पुरुष पक्राउ

    १३ वर्षीया बालिका करणी आरोपमा ६२ वर्षीय पुरुष पक्राउ

    2.8K
    Shares
    १३ वर्षीया बालिका करणी आरोपमा ६२ वर्षीय पुरुष पक्राउ

     

    रामेछाप । रामेछाप नगरपालिका ४ बस्ने ६२ वर्षीय श्यामप्रसाद घिमिरे १३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार घिमिरेले रामेछाप ४ बस्ने १३ वर्षीया बालिकालाई ललाइफकाइ जबर्जस्ती करणी गरेका थिए । पीडित बालिका सुस्त मनस्थितिको अवस्थामा रहेको पनि प्रहरीले जनाएको छ ।

    उक्त घटना कसैलाई भनेमा मार्ने धम्की दिएर जबर्जस्ती करणी गरेपछि फरार रहेका घिमिरेलाई प्रहरीले रामेछाप नगरपालिकाको सुन्तलेटारबाट पक्राउ गरेको जनाएको छ।

    पक्राउ परेका घिमिरेविरुद्ध बालयौन दुरुपयोग मुद्दामा अनुसन्धान गर्न रामेछाप जिल्ला अदालतबाट ७ दिन थुनामा राख्ने आदेश लिएको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend