काठमाडौं / रमेश कुमार परियार ।
जाजरकोटको नलगाड नगरपालिकामा भेरी करीडोर निर्माणको क्रममा ठेकेदार कम्पनीले मनपरी गरेको छ । भेरी करीडोर अन्तर्गत बैरी ताल देखि काली माटी हुँदै तल्लुबगर सम्मको जोड्ने सडक किनाराको पर्खाल लगाउने क्रममा गिट्टी र बालुवाको सट्टा माटो प्रयोग गरिएको हो ।
उक्त सडक निर्माणको जिम्मा सडक डिभिजन कार्यालय जाजरकोट मार्फत खड्का कृष्ण कन्स्ट्रक्सन प्रा.ली र पी के कन्स्ट्रक्सन प्रा.लीले ठेक्का पाएका छन् । उनीहरूले ठेक्का पाए लगतै काम सुरु गरेता पनि सडक निर्माणमा गिट्टी र बालुवाको सट्टा माटो प्रयोग गरेको देखेपछि स्थानीय बासिन्दाहरूले विरोध गरेका छन् ।
४ किलोमिटर सडक निर्माणका लागी खड्का कृष्ण कन्स्ट्रक्सन प्रा.लीले ७ करोडमा र पी के कन्स्ट्रक्सन प्रा.लीले १९ किलो मिटर सडक निर्माणका लागी १९ करोडमा ठेक्का पाएका छन् । ठेक्का पाए पछि काम सुरु गरेता पनि उनीहरूले सडक निमार्ण गर्ने क्रममा माटो प्रयोग गर्दै आएका छन् ।
पटक पटक स्थानीय जनप्रतिनिधीहरुले पनि उक्त कम्पनीलाई गिट्टी र बालुवा प्रयोग गर्न आग्रह गर्दा समेत कम्पनीले नमानेको स्थानीय बताउँछन् ।