मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

बझाङमा बलात्कारको आरोपमा एक जना शिक्षक पक्राउ

बझाङमा बलात्कारको आरोपमा एक जना शिक्षक पक्राउ

 

बझाङ । बझाङमा युवतीलाई बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा केदारस्यु गाउपालिकाको सुर्मा माध्यमिक विद्यालयका शिक्षक रमेश गुर्धामी रहेको प्रहरीले जनाएको छ ।

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन् । असार ८ गते राति विवाहको कार्यक्रममा सहभागी भएर सुतिरहेकी युवतीलाई गुर्धामीले बलात्कार गरेका थिए ।

गुर्धामीले राति १ बजेतिर युवती सुतेको कोठामा प्रवेश गरेर बलात्कार गरेको र युवतीले यो कुरा घरमा भनेपछि १० गते प्रहरीमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता जनक ढुंगानाले बताए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend