logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • पार्टीभित्र व्यक्तिवादी सोचले समग्र पार्टीलाई असर पर्छ, यस्तो सोचबाट मुक्त हुनुपर्छ: प्रवक्ता महत

    पार्टीभित्र व्यक्तिवादी सोचले समग्र पार्टीलाई असर पर्छ, यस्तो सोचबाट मुक्त हुनुपर्छ: प्रवक्ता महत

    2.1K
    Shares
    पार्टीभित्र व्यक्तिवादी सोचले समग्र पार्टीलाई असर पर्छ, यस्तो सोचबाट मुक्त हुनुपर्छ: प्रवक्ता महत

    काठमाडौं । नेपाली कांग्रेसमा प्रवक्ता डा प्रकाशशरण महतले पार्टीभित्र व्यक्तिवादी सोचले समग्र पार्टीलाई असर पर्ने भएकाले सो सोचबाट मुक्त हुन आग्रह गर्नुभएको छ । बट्टारमा नुवाकोट साहित्य प्रतिष्ठानको १५ औँ वार्षिकोत्सव, कृति विमोचन तथा स्रष्टा सम्मान कार्यक्रममा आज उनले म भए ठीक अरु भए बेठीक भन्ने व्यक्तिवादी प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए ।

    डा महतले पार्टीको कार्यकर्ता भइसकेपछि व्यक्तिवादी सोचबाट माथि उठ्नुपर्नेमा जोड दिए । उनले भने, “ हालै भएको स्थानीय तह निर्वाचनमा व्यक्तिवादी सोचको कारण पार्टीले क्षति बेहोरेको छ । अब सङ्घ प्रदेशको निर्वाचन आउँदै छ । पार्टीलाई सफल बनाउन व्यक्तिवादी सोचबाट मुक्त हुनैपर्छ ।”

    पूर्वमन्त्रीसमेत रहेका प्रवक्ता डा महतले कसैलाई देउता र कसैलाई दैत्य बनाइदिने अहिलेको प्रचलनबाट पनि जोगिनुपर्ने बताउनुभयो । “कसैलाई क्षणभरमै देउवा बनाइन्छ । त्यसको आलोचनासमेत गर्न पाइँदैन । कसैलाई अनायासै दैत्य बनाइन्छ । न कोही देउता हुन्छ, न दैत्य । सत्य खोज्ने धैर्यता हामीमा छैन”, डा महतले भने“यस्तो अहिलेको प्रचलनबाट जोगिनुपर्छ ।”

    उनले रासायनिक मलमा अरु देशप्रति निर्भर हुँदा अहिले अभावको समस्या आइरहेको बताए । उनले सरकारले अब रासायनिक मल कारखानाको स्थापना गर्नमा ढिलो गर्न नहुनेसमेत बताए । डा महतले प्राकृतिक खेती गर्ने र गाईबस्तुको थोरै मलबाट धेरै जग्गामा रासायनिक मलसरह काम गर्ने प्रविधि पनि विदेशतिर रहेकाले त्यसलाई प्रयोग गर्नसकेमा रासायिक मलको अभाव झेल्न नपर्ने बताए ।

    कार्यक्रममा डा महतले विभिन्न स्रष्टालाई सम्मान गरेका थिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend