logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • मुलुक विकासशील बनाउने दायित्व हामी सबैको हो : प्रधानमन्त्री देउवा

    मुलुक विकासशील बनाउने दायित्व हामी सबैको हो : प्रधानमन्त्री देउवा

    2.2K
    Shares

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार मुलुक समृद्ध बनाउने अभियानमा रहेको बताएका छन् । यो अभियान सफल बनाउन सबैको साथको आवश्यक रहेको पनि उनले बताएका छन् ।

    ६४ औं संसद दिवसको अवसरमा आज संसद भवनको ल्होत्से हलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘अहिले हामी संघीय लोकतान्त्रिक गणतान्त्रिक संसदीय व्यवस्था मार्फत मुलुकलाई समृद्ध बनाउने अभियानमा छौं । मुलुकलाई विकासशील बनाउने हामी सबैको दायित्व हो ।’

    २०१६ साल असार १६ गते पहिलो संसद बैठक बसेको र अहिले ६४ औं दिवस मनाउन पाउनु खुसीको विषय भएको उनले बताए । उनले जननिर्वाचित शासन व्यवस्थामा संसदीय व्यवस्था महत्वपूर्ण भएको पनि बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend