काठमाडौं । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नागरिकतासम्बन्धी विधेयक छिट्टै पारित हुने बताएका छन् । ६४ औं संसद दिवसका अवसरमा बिहीबार पूर्व सांसद मञ्च नेपालले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले नागरिकतासम्बन्धी विधेयक छिट्टै पारित हुने बताएका हुन् ।
कोइरालाले संसदलाई क्रियाशील बनाउन केही सांसदको भूमिका देखिएको बताए । प्रेम सुवाल, सुवास नेम्वाङको भूमिका संसदलाई क्रियाशील बनाउन प्रभावकारी रहेको उनको भनाई थियो । उनले पूर्व सांसद मञ्चले संसदीय क्रियाकलापको समीक्षा गर्ने र संसदको वाचडगको भूमिकामा रहनुपर्ने बताए ।
संसदको अभ्यास पश्चिमा देशबाट सुरू नभई पूर्वीय सभ्यताबाट सुरू भएको उल्लेख गरे । उनले बुद्धको पालामा नेपालमा संघको व्यवस्था गरिएको र हिन्दु धर्ममा पनि सभाको व्यवस्था रहेको बताए ।