काठमाडौं । केही समययता विवाद देखिँदै आएको थियो । जनता समाजवादी पार्टीका दुई पक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादव सहमतिमै छुट्टिन तयार भएका छन् । विवाद बढ्दै गएपछि दुई पक्ष सँगै बस्न नसकिने निष्कर्षमा पुगेका हुन्। दुई नेताबीच बुधबार कोटेश्वरमा छलफल भएको भट्टराई निकट एक नेताले जानकारी दिए।
वैकल्पिक शक्ति बनाउने भनेर प्रयास गरेको हो। तर लम्किन सकिएन। तन्काएर मात्रै नपुग्ने भयो, ती नेताले भने, अब कति तन्काउनु ?
पार्टीभित्र यादवले एकलौटी गरेको भन्दै सामूहिक निर्णय प्रक्रिया अपनाउने भट्टराईको नेतृत्वमा जसपाका नेताहरुले दबाब बढाएका थिए। केही समयअघि यादव केही पछि हटेका थिए। तर, विस्तारै उनले आफ्नो पुरानै शैली पुनरावृत्त गरेको भट्टराई पक्षको आरोप छ।