logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • भारतमा थप १९ हजार संक्रमित थपिए, ३९ जनाको मृत्यु

    भारतमा थप १९ हजार संक्रमित थपिए, ३९ जनाको मृत्यु

    2.5K
    Shares
    भारतमा थप १९ हजार संक्रमित थपिए, ३९ जनाको मृत्यु

    काठमाडौं । २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १८ हजार ८१९ सङ्क्रमित भएका छन् । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३४ लाख ५२ हजार १६४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

    मङ्गलबार मध्यरातिसम्म अर्थात गत २४ घण्टासम्म कोरोना सङ्क्रमणमा ३९ को मृत्यु भएको थियो । कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २५ हजार ११६ को मृत्यु भएको छ ।

    हाल भारतमा एक लाख चार हजार ५५ सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमित एक लाखभन्दा बढी भएको गत छ महिनायता पहिलो पटक हो ।

    पछिल्लो एक दिनमा तेह्र हजार ८२७ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाले कुल सङ्ख्या चार करोड २८ लाख २२ हजार ४९३ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८.६१ प्रतिशत रहेको छ ।

    भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ८४ लाख डोजभन्दा बढी खोप लगाइएको समाचारमा जनाइएको छ । यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८६ करोड भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend