logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • राष्ट्रपति भण्डारीसमक्ष भारतीय राजदूत श्रीवास्तवबाट प्रमाणपत्र पेश

    राष्ट्रपति भण्डारीसमक्ष भारतीय राजदूत श्रीवास्तवबाट प्रमाणपत्र पेश

    2K
    Shares
    राष्ट्रपति भण्डारीसमक्ष भारतीय राजदूत श्रीवास्तवबाट प्रमाणपत्र पेश

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज नेपालका लागि मित्रराष्ट्र गणतन्त्र भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित सो अवसरमा परराष्ट्रमन्त्री डा .नारायण खड्कासहित नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।

    आजै राजदूत श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरे ।

    त्यस अवसरमा उनले हालै प्रधानमन्त्री देउवाको भारत भ्रमण र प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ तुल्याएको बताउँदै भारत–नेपाल सम्बन्धलाई अझ सुमधुर बनाउन आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend