logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • देउवालाई रचनात्मक दबाब दिने शेखर पक्षको निस्कर्ष

    देउवालाई रचनात्मक दबाब दिने शेखर पक्षको निस्कर्ष

    2.9K
    Shares
    देउवालाई रचनात्मक दबाब दिने शेखर पक्षको निस्कर्ष

    काठमाडौं । नेपाली काँग्रेस नेता डा.शेखर कोईराला पक्षधर नेताहरुले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई रचनात्मक दबाब (कन्स्ट्रक्टिभ बिद्रोह) दिने निस्कर्ष निकालेका छन् । बिहीवार काठमाडौंमा भएको कोईराला पक्षीय नेताहरुको भेलाले पार्टी सभापति देउवालाई रचनात्मक दबाब दिने निस्कर्ष निकालेको हो ।

    बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस नेता चन्द्र भण्डारीले बैठकमा देशको आर्थिक, समसामयिक राजनीति, गठबन्धनात्मक विषयहरुमा छलफल गरेको बताए । उनले छलफलमा पार्टीको आन्तरिक कुरामा पनि जोड दिएको बताए ।

    उनले भने, ‘देशको अहिलेको समसामयिक राजनीति, हाम्रो गठबन्धन, अहिले देशको आर्थिक अवस्था र भोलि हुने निर्वाचनको बारेमा र अहिले देशमा बढ्दै गएको महंगीको बारेमा हाम्रो लामो छलफल भइरहेको छ । पार्टीको आन्तरिक कुरामा पनि हामीले छलफल गरेका छौँ । यो भोलि २ बजेसम्मलाई स्थगित गरेर त्यसपछि शुरु हुनेछ । आजको बैठकमा कन्स्ट्रक्टिभ बिद्रोहको पनि कुरा भएको छ । पोल्टिकल सोचाईमा पनि परिवर्तन भएको छ । त्यसको आधारमा हाम्रो विचार समूहलाई कसरी लैजाने भन्ने कुरामा सबैभन्दा महत्वपूर्ण छलफल भएको छ ।’

    नेता भण्डारीले छलफलमा राजनीतिक सोचाईमा परिवर्तन र त्यसको आधारमा आफ्नो समूहको विचारलाई कसरी अघि बढाउने भन्ने बारेमा पनि छलफल भएको बताए । उनले बैठक भोलि (शुक्रवार) २ बजेपछि पुनः बस्ने गरी स्थगित भएको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend