logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • अष्ट्रेलिया पढ्न जान चाहने विद्यार्थीका लागि नोभा एजुकेशनको नयाँ शाखा चितवनमा

    अष्ट्रेलिया पढ्न जान चाहने विद्यार्थीका लागि नोभा एजुकेशनको नयाँ शाखा चितवनमा

    4.6K
    Shares

    चितवन । नोभा एजुकेशन एण्ड कन्सल्टिङ सर्भिसेसले चितवनमा नयाँ शाखा स्थापना गरेको छ ।
    उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै चितवनमा शाखा सञ्चालन गरिएको नोभा ब्रिसबेनका निर्देशक ईश्वरचन्द्र कुँईकेलले जानकारी दिए । अष्ट्रेलिय जान चाहने चितवनका विद्यार्थीहरुलाई गुणस्तरिय परामर्श सेवा प्रदान गर्नका लागि शाखा स्थापना गरिएको उनको भनाइ छ ।

    निर्देशक कुँईकेलका अनुसार नोभाले विद्यार्थीहरुलाई नेपालमा परामर्श र भिसा प्रकृयासँगै अष्ट्रेलिया पुगेपछि पनि आवश्यक परामर्श प्रदान गर्नेछ । नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलियामा स्थापित हुनका लागि पनि सहयोग गरिने उनको भनाई छ ।

    दक्ष शिक्षकबाट आईईलटिएस र पिटीईको कक्षा सञ्चालन तथा दक्ष परामर्शदाताबाट परामर्श दिने नोभाका चितवन शाखा व्यवस्थापक सागर पौडेलले बताए ।
    उनका अनुसार विद्यार्थीले आईईलटिएस र पिटीईमा ७ अंक ल्याउन सक्ने गरी कक्षा सञ्चालन गरिनेछ ।
    नोभा सन् २०१२ मा अष्ट्रेलियामा स्थापना भएको थियो । यस्तै २०१४ मा काठमाडौंमा शाखा स्थापना गरेर नोभाले नेपाली विद्यार्थीहरुलाई सेवा दिँदै आएको छ ।

    हाल चितवनको आवश्यकतालाई मध्यनजर गर्दै भरतपुर १० क्याम्पस गेट अगाडि नयाँ शाखा स्थापना गरिएको सञ्चालकको भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend