logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • पूर्वाधार र सम्पदा क्षेत्रको अनुगमन गर्दै मेयर बालेनले भने- दिगोपना सम्पदामैत्री भए नभएको हेरेका छौँ

    पूर्वाधार र सम्पदा क्षेत्रको अनुगमन गर्दै मेयर बालेनले भने- दिगोपना सम्पदामैत्री भए नभएको हेरेका छौँ

    2.6K
    Shares

    काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले आज शुक्रबार सम्पदा र पूर्वाधार क्षेत्रको अनुगमन गरेका छन् । उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालसहितको टोलीले सम्पदाको अनुगमन गरेका हुन् ।

    विहान स्वयम्भूस्थित धर्मचक्र पार्क र पलेस्वाँ पुखुको बालेनले अबलोकन गरेका हुन् । ‘पूर्वाधार संरचनाको बलियोपना तथा सम्पदा र वातावरणमैत्री भए नभएको कुरालाई हामीले मुख्य रुपमा हेरेका छौँ ।’ अनुगमनपछि प्रमुख शाहले भने, ‘पूर्वाधार निर्माण गर्दा वातावरण परेको असरलाई पनि हामीले हेरेका छौँ ।’

    उपप्रमुख डंगोलले अनुगमनका क्रममा देखिएका कमजोरी सुधार गर्न सँगसँगै प्रयास गर्ने बताईन् ।

    अनुगमनका क्रममा पलेस्वाँ पुखु र धर्मचक्र पार्कका विषयमा वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले जानकारी गराए । वडामा पार्क तथा पोखरी निर्माण गर्दागर्दै व्यवस्थापनको पक्षमा पनि ध्यान दिइने वडाध्यक्ष डंगोलको भनाइ थियो ।

    वडा २६ मा रहेको भगवान बहाल पुननिर्माणमा अहिलेको अवस्था र बाँकी कामका विषयमा पूर्ववडाध्यक्ष विश्वम्भरलाल प्रधानले जानकारी दिए । उनका अनुसार करीव ४ करोड लागतमा बहाल पुननिर्माण अन्तर्गत पहिलो चरणको काम सम्पन्न भएको छ ।

    जसमध्ये १ करोड ५० लाख रुपैयाँ काठमाडौँ महानगरपालिकाको सहयोग छ । बाँकी रकम गुठी आन्तरिक स्रोतबाट निर्माण कार्य भइरहेको हो । दोस्रो चरणका लागि साढे ३ करोड लागतको अनुमान छ । जसमा सिंहसार्थ बाहुको मन्दिर र आँगन मन्दिर जीर्णोद्धार गरिनेछ ।

    अनुगमनका क्रममा वडा २७ महाबु (महाबौद्ध) मा रहेको पुननिर्मित तमोवहाः क्पाः पा छेँ को निर्माण शैली र अहिलेको अवस्थाबारे अवलोकन गरिएको छ । क्वाः पा छेँको तेस्रो तलामा पुगेपछि प्रमुख शाहले पुननिर्माणको योजना बनाउँदा अपनाइएको प्राविधिक पक्षमा विषयमा जिज्ञासा व्यक्त गरे ।

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend