logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सरकारले कानुनी शिक्षाको दायरा बढाउनुपर्छ : राष्ट्रपति भण्डारी

    सरकारले कानुनी शिक्षाको दायरा बढाउनुपर्छ : राष्ट्रपति भण्डारी

    2.6K
    Shares

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनी शिक्षा नै कानुनी राज्य स्थापनाको मुख्य आधार भएको बताएकी छन् । नेपाल ल क्याम्पसको स्थापना दिवसका अवसरमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

    राष्ट्रपति भण्डारीले भनिन्, ‘कानुनी शिक्षा नै कानुनी राज्य स्थापनाको मुख्य आधार भएकाले सरकारले यसको दायरा बढाउन ध्यान दिनुपर्छ ।’

    मुलुकमा मानव अधिकारको कार्यान्वयन, कानुनी शासनको बहाली तथा राज्य शक्तिलाई जनताको हीतमा लगाउने संविधानको भावना कार्यान्वयनमा गर्न समेत कानुनी शिक्षाको भूमिका हुने उनले बताइन् ।

    हाल कायम संरचना र अभ्यासबाट आगामी दिनमा आवश्यक कानुनी जनशक्ति विकास गर्न पर्याप्त नहुने देखिएको राष्ट्रपति भण्डारीले बताइन् ।

    ‘दक्ष कानुनी जनशक्ति उत्पादनका लागि भौतिक तथा संस्थागत संरचना विकासका लागि नेपाल सरकार र सरोकारवाला निकायले ध्यान दिनुपर्ने देखिन्छ ।’उनले भनिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend