logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • पाँचथरमा पहिराले घर बगाउँदा तीन जना बेपत्ता

    पाँचथरमा पहिराले घर बगाउँदा तीन जना बेपत्ता

    2K
    Shares
    पाँचथरमा पहिराले घर बगाउँदा तीन जना बेपत्ता

    काठमाडौं । अविरल वर्षापछि आएको पहिरोमा पुरिएर पाँचथरको फालेलुङ गाउँपाकिामा तीनजना बेपत्ता भएका छन्।

    फालेलुङ गाउँपालिका–७ मा रहेको दलबहादुर मगरको घर पहिरोले पुरिँदा तीन जना बेपत्ता भएका हुन्।

    पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेस न्यौपानेका अनुसार पहिरोमा दलबहादुरका ४२ वर्षीय छोरा रुपलाल मगर, ३८ वर्षीया बुहारी गोमा मगर र १९ वर्षीया भतिजी एलिसा मगर बेपत्ता भएका हुन्।

    दलबहादुरलाई भने स्थानीयले तत्कालै उद्वार गरेका थिए। शुुक्रबार राति १० बजे उनीहरुलाई पहिरोले पुरेको थियो। उद्वारका लागि स्थानीय र सुरक्षाकर्मीको टोली परिचालन भएको छ।

    पहिरोले पुरेको स्थानमा दुई थान मोवाइल भेटिए पनि बेपत्ता मानिस नभेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend