logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • व्यस्त सहरमा मस्त गोधुली साँझ (फोटो फिचर)

    व्यस्त सहरमा मस्त गोधुली साँझ (फोटो फिचर)

    4.9K
    Shares

    काठमाडौं । भीडभाड, भागदौड अनि ब्यस्त जिन्दगीदेखि आरामको लागि फुर्सद निकाल्ने कुरा राजधानीवासीको सायदै होला । किनभने जहिल्यै र जताततै कामै कामको चाप हरेक राजधानीवासीको जीवनमा हुन्छ । त्यही कामको चापले नै होला एक शहरीयाले अर्को शहरीयालाई चिन्दैन र वास्ता गर्दैन पनि । तर यही ब्यस्त शहरमा समय निकाल्ने हो भने मस्त हुन सकिन्छ ।

    साँझपख कौसीमा टहलिने मात्र हो भनेपनि गोधुली साँझको भरपुर मज्जा लिन सकिन्छ । भरियाको दिनभरको थकान मेटाउने बेला, सबै पेशा व्यवसायीहरुको विश्राम लिने बेला, बालबालिकाहरु खेल्दै र रमाउँदै गल्लीहरुमा हसिलो अनुहार देखिने बेला, मठ–मन्दिरमा आरती, पूजापाठ र दियोको उज्यालो र गोधुली साँझमा रमाउँदाको मज्जा नै बेग्लै हुन्छ । यो बेला केही समय निकालेर टहलिने हो भने छुट्टै आनन्द हुन्छ । जब दिन ढल्दै जान्छ, राजधानीको आकाश पनि रंगीन बन्छ ।

    नीलो आकाशमा रातो अनि पहेलो रङ्ग भरिन्छ । चराचुरुङ्गीका मधुर आवाज पनि कहीँकतै सुन्न सकिन्छ, सडक छेउका बस्ती बाहेक । आजभोलि सूर्यास्तसँगै राजधानीका गोधुली साँझहरु रंगीन छन् । सूर्योदय र सूर्यास्त हेर्न नगरकोट र सराङकोट धाउने राजधानीवासीले फुर्सद निकालेर कौसीमा बस्ने मौका निकाल्न हो भने भरपुर आनन्द लिन सकिन्छ । हल्का बादल भएको बखत दक्षिणी क्ष्तििज पहेँलो अनि रातो हुन्छ । बादल फाटेको साँझ सूर्यास्त हेर्न रमाइलो हुन्छ । पछिल्लो समय निरन्तरको झरिका कारण प्रदूषण हटेको छ ।

    शहरका अग्ला भूभाग भक्तपुर,कपनजस्ता ठाँउबाट साँझको सूर्यास्त हेर्न लालयित बन्छन् हरेक नयनहरु । दिउँसोको उज्यालो त सबैले हेर्छन् तर साँझको गोधुली उज्यालोमा पनि काठमाडौं उपत्यका त्यत्तिकै सुन्दर देखिन्छ ।

    बानेश्वर ।
    नागदह ।
    भैसेपाटीबाट देखिएको दक्षिण अाकाश ।
    ठेचोबाट ।
    कुपण्डोलबाट बग्दै गरेको वागमती ।
    वागमती र सूर्यास्त ।
    शंखमुल ।
    किर्तिपुर चोभार ।
    नगरकोट ।
    ललितपुरको चापागाँउबाट देखिएको सूर्यास्तको बेलाको आकाश ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend