काठमाडौं । प्रधानमन्त्री सहित सत्तारुढ दलका शीर्ष नेताहरू बाराको निजगढ पुगेका छन् । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको अवलोकन गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरु निजगढ पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
विमानस्थलबारे सर्वोच्चको निर्णय आएको केही दिनमै प्रधानमन्त्रीसहितका सत्तारुढ दलका शीर्ष नेता अवलोकनका लागि पुगेका हुन् ।
प्रधानमन्त्रीसहितको टोलीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेता पनि सामेल छन् ।
केहि समय अघि सर्वोच्च अदालतको विमानस्थलको काम अघि नबढाउन आदेश दिएको थियो ।
अहिलेसम्मका सबै प्रक्रिया खारेज गरेको सर्वोच्चले विज्ञको टोली बनाएर अरु विकल्पमाथि अध्ययन गर्न आदेश दिएको छ ।
विमानस्थबारे सर्वोच्चको आदेशबारे प्रायः सबै राजनीतक दलका नेताहरू एक देखिएका छन् । विमानस्थल निर्माण हुनुपर्ने तर्क नेताहरूको छ ।