logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • निजगढ विमानस्थल बन्दैन कि भनेर आत्तिनुपर्दैन : माधव नेपाल

    निजगढ विमानस्थल बन्दैन कि भनेर आत्तिनुपर्दैन : माधव नेपाल

    3.9K
    Shares

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बारा पुगेर सर्वोच्च अदालतको फैसलामा आत्तिनुपर्ने कुरा नभएको बताएका छन् ।

    शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा लगायत सत्ता गठबन्धन दलका नेताहरू बारास्थित निजगढ विमानस्थल बनाउने स्थानमा पुगेका हुन्।

    त्यहाँ पुगेर माधव नेपालले सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठको केही अंश पढेर सुनाए। पूर्ण पाठ हेर्दा निजगढ विमानस्थल बन्दैन कि भनेर आत्तिने अवस्था नरहेको उनले जिकिर गरे।

    ‘सर्वोच्च अदालतले गरेको फैसलाको पूर्ण पाठ आइसकेको छ। र पूर्ण पाठलाई हेर्दा हामी आत्तिनुपर्ने केही अवस्था रहेनछ,’ उनले भने, ‘फैसलाको निचोड हेर्दा यहाँ विमानस्थल बन्दैन कि अदालतले रोक्यो कि भन्ने खालको आशंका छ त्यो आशंकाबाट हामी मुक्त भएका छौं।

    किनभने अदालतको आदेशमा हवाइ उडानलाई व्यवस्थित, भरपर्दो सुरक्षित र अन्तर्राष्ट्रिय सुविधा सम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक रहेको ठहर गरेको छ।’

    यस्तै उनले फैसलाले विमानस्थल बनाउन विज्ञको टोलीबाट अध्ययन गराउन पनि भनेको बताए। यसरी अध्ययन गराएर वातावरणमा कम भन्दा कम क्षति पुर्‍याउन भनिएको उनले स्पष्ट पारे।

    यसअघि सर्वोच्च अदालतले न्यून वातावरणीय क्षति हुने गरी र वातावरणीय प्रभाव मूल्यांकन ईआईए गराएर मात्र विमानस्थल बनाउन विकल्प दिइपछि प्रधानमन्त्री देउवासहितको टोली निजगढ पुगेको हो।

    सर्वोच्च अदालतले बुधबार सार्वजनिक गरेको फैसलाको पूर्णपाठमा बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन बाटो खुला गरेको छ।

    निजगढमा विमानस्थल बनाउने गरि आजसम्म भएका सरकारी निर्णय बदर गर्नेबारे यो मुद्दा सुनुवाइ गरेको पूर्ण इजलासका पाँचै न्यायाधीशहरू सहमत भएपनि उक्त विमानस्थलको विकल्पका सम्बन्धमा भने तीनजनाको एउटा र दुईजना न्यायाधीशले अर्कै राय दिएका छन्।

    न्यायाधीश विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा र प्रकाशसिंह राउतको बहुमतीय रायले नेपालमा अन्तराष्ट्रिय स्तरको सुविधासम्पन्न एयरपोर्ट आवश्यक रहेको भन्दै विकल्प खोज्न भनेको छ।

    त्यो विकल्प निजगढ नै हुने कि अन्त हुने भन्नेबारे उक्त रायमा कुनै किटान गरिएको छैन। उनीहरूले निजगढ विमानस्थलको प्राविधिक, वातावरणीय र आर्थिक हिसाबले उपयुक्त हुने गरी विकल्प खोज्न भने पनि निजगढमै विमानस्थल बनाउन रोक भने नलगाएको तीनमध्ये एक न्यायाधीशले बताए।

    बहुमतको राय दिने न्यायाधीशमा विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा र प्रकाशमान सिंह राउत हुन्। उनीहरूको रायमा नेपालमा अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न विमानस्थलको आवश्यकता रहेको उल्लेख छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend