काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सकेसम्म पुराना बस्ती जोगाएर निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने बताएका छन् ।
‘पुराना बस्तीलाई सकभर जोगाउने गरी अगाडि बढौं । त्यो जोगियोस्। सयौं वर्षदेखि बसोबास भएका बस्तीहरू छन् भने त्यसलाई जोगाउने गरी पनि अगाडि बढाउने। ती सबै गरेर पनि यो ठाउँमा विमानस्थल बन्न सक्छ, बनाऔं’, प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्री लगायतको टोलीसँगै शनिबार निजगढ पुगेका उनले भने।
उनले विमानस्थल बनाउन सबैले सहयोग गर्नुपर्ने बताए। सहयोग नगरे विमानस्थल नबन्ने भन्दै उनले त्यस्तो स्थितिमा मुलुकको नोक्सान हुने बताए।